नियम ९५
निरीक्षण गर्दा विचार गर्नु पर्ने कुरा
(१) एक जनाभन्दा बढी न्यायाधीश कार्यरत रहेको अदालतमा यस नियम बमोजिम निरीक्षण गर्ने प्रयोजनको लागि प्रमुख भै काम गर्ने न्यायाधीशले अन्य न्यायाधीशसँग परामर्श गरी निरीक्षण गर्ने निकाय र न्यायाधीश तोक्नेछ ।
(२) उपनियम (१) बमोजिम आफूले पुनरावेदन सुन्ने निकाय वा अधिकारीको कार्यालयको निरीक्षण गर्ने न्यायाधीशले प्रचलित कानूनमा उल्लेख भएका कुराहरूका साथै देहायका कुराहरू पनि जाँच गर्नु पर्नेछ-
(क) मुलतबी रहेका मुद्दाहरू,
(ख) मुलतबी कानूनबमोजिम राखिएको हो वा होइन? मुलतबी जगाउने काम कारबाही यथा समयमा भएको छवा छैन?
(ग) मिसिल, दर्ता किताब तथा अन्य लिखतहरू रीतपूर्वक र व्यवस्थित ढङ्गबाट राखिएको छ वा छैन”
(घ) अदालती शुल्क, दस्तुर कानूनबमोजिम लिएको छ वा छैन?
(ङ) दायरी र छिनुवा मिसिल सुरक्षित तरिकाले राखिएको छ वा छैन?
(च) मिसिलमा रीतपूर्वक टिपोट किताब र तायदाती फाराम संलग्न गरिएको छवा छैन?
(छ) तायदाती फाराममा सबै लिखतहरूको विवरण जनाई दुरूस्त राखिएको छ वा छैन?
(ज) कानूनका पुस्तकहरू चाहिने जति र सुरक्षित राखिएको छ वा छैन?
(झ) फैसला कार्यान्वयनसम्बन्धी निर्देशन र परिपत्रबमोजिमको काम समयमा सम्पन्न भएको छवा छैन?
(न) निरीक्षणको क्रममा दिइएका निर्देशनहरूको पालना भएको छ वा छैन?
॥ (ट) पुनरावेदन परेको सम्बन्धित मिसिल र प्रमाणको मिसिल यथासमयमा पठाएको छ वा छैन? (ठ) म्याद तामेलीसम्बन्धी व्यवस्था ठीकसँग भएको छ वा छैन? (ड) कानूनको म्याद भित्र म्याद तामेल भएको छ वा छैन? (ढ) दशीका सामानहरू ठीकसँग राखिएको छ वा छैन? (ण) फैसलाबमोजिमको काम ठीकसँग भएको छवा छैन?